शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौं : गगन थापा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौं : गगन थापा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१४
  • सुन्नुहोस् 
 
शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौं : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूको आवाजलाई दमन नगरी संवादबाट सम्बोधन गर्न सरकारसँग अनुरोध गरेका छन्।

आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले शिक्षक र प्रहरीबीच झडप हुनु दु:खद र चिन्ताजनक रहेको बताएका हुन्।

विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो,' उनले भनेका छन्।

थापाले सहमतिको आधारमा निर्णय गरी शिक्षकहरूलाई कक्षाकोठामा फर्किने वातावरण बनाउनमा काम गर्नुपर्ने बताए।

राज्यसँग आग्रह छ, शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौं। आन्दोलनरत शिक्षकहरूसँग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्किने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नुपर्ने छ, त्यही गरौं,' उनले भने।

आइतबारको प्रदर्शनमा शिक्षक र प्रहरीबीच झडप भएको थियो। झडप भएपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो। जसमा एक जना पत्रकारसहित २३ जना घाइते भएको प्रहरीले जनाएको छ। तीन जना सुरक्षाकर्मी र केही शिक्षक घाइते भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च