समाचार
मधेश प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधन : उपयुक्त समयमा संविधान संशोधन हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन उपयुक्त समयमा गरिने बताउनुभएको छ ।
मधेश प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि समिति नै बनाएर अघि बढिने बताउनुभएको हो । उहाँले जन्मिँदै राजा र रैति हुने व्यवस्था कुनै पनि हालतमा नआउने उल्लेख गर्दै केही समूहले सरकारी सम्पत्ति तथा निजी घरमा आगजनी, तोडफोडको काम गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई राजतन्त्र के हो भन्ने लागेको हुन सक्ने भएकाले उनीहरुलाई पनि सचेतना जगाउने बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै दल एक साथ रहेको उहाँको भनाइ छ । सरकार गठनकै बेलादेखि सरकार ढल्ने प्रचार भए पनि वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने उहाँले दाबी गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्