सरकारले एउटा कर्मचारी हटाउँदा छाती पिटीपिटी रोए : प्रधानमन्त्री - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

सरकारले एउटा कर्मचारी हटाउँदा छाती पिटीपिटी रोए : प्रधानमन्त्री

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१३
  • सुन्नुहोस् 
375   
सरकारले एउटा कर्मचारी हटाउँदा छाती पिटीपिटी रोए : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गरेका छन् ।राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलामा उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनालक्षित गर्दै सो टिप्पणी गरेका हुन् ।

यस विषयमा जवाफ दिइरहनु नपर्ने उनले जिकिर गरे । उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको प्रष्ट्याए ।देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ उनले भने । 

 यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको भन्दै उनले चिन्ता जनाए ।


विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले  सस्तो, हल्का र उत्ताउलो  नहुन  समेत आग्रह गरे । 

कार्यक्रममा महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, संघका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे बोलेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च