नयातल कथा संग्रह विमोचन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

साहित्य

नयातल कथा संग्रह विमोचन

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-१३
  • सुन्नुहोस् 
648   
नयातल कथा संग्रह विमोचन : Phulbari Khabar

धनगढी । साहित्यकार कैलासकुमार पाण्डेयको कथा संग्रह नयातलको धनगढीमा विमोचन गरिएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजले एक कार्यक्रमको आयोजना गर्दै नयातलको विमोचन गरेको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कथा संग्रह नयातलको विमोचन गरेका छन्।

Phulbari Khabar

गीत, गजल, कवितामा कलम चलाउँदै आएका पाण्डेयको नयातल सातौं कृति हो। नयातलमा २२ वटा कथा रहेका छन्। लैङ्गिक, जातीय, कु९प्रथा लगायतको विषयवस्तु समेटिएको नयातलमा पशु बलीदेखि मानव बलीसम्मका कथा समेत समेटिएको छ। आञ्चलिकता, विविधता, सामाजिक मुद्दाको उठान र समाधान पनि कथामा समेटिएको छ। सलल बगेको प्रवाहमा कथा रहेका छन्।

तुलसी शर्माले समीक्षा गर्नुभएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मानित समेत गरिएको थियो। समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक कैलासकुमार पाण्डेले कृतिबारेमा आफ्ना धारण प्रस्तुत गरेका थिए।

Phulbari Khabar

कार्यक्रममा मदन पुरस्कार विजेता रामलाल जोशी, प्रज्ञा वासुदेव पाण्डेय, यज्ञराज उपाध्याय, नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउद, सुदूरपश्चिम नीति योजना आयोग सदस्य शेरबहादुर भण्डारीको उपस्थिति रहेको थियो। समाजका महासचिव गणेश नेपालीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष टोपेन्द्र शाहले गरेका थिए।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च