समाचार
दुई छिमेकी मुलुकसंग दोहोरो सम्बन्ध राम्रो छ : परराष्ट्रमन्त्री डा राणा
धनगढी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चिनसंग सम्बन्ध राम्रो रहेको बतताएकी छिन् । दुई ठुला छिमेकी मुलुकसंग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको शुक्रबार धनगढी पुुगेकी परराष्ट्रमन्त्री डा राणाले सो कुरा बताएकी हुन् ।
पत्रकारहरुले धनगढी विमान स्थलमा राखेको एक जिज्ञसामा परराष्ट्रमन्त्री डा राणाले भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणका लागि चाडैँ निमन्त्रणा दिने विश्वास ब्याक्त गरिन् । उनले भनिन् ,“ हामीले भरतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत सेम्टेबरमा नेपाल भ्रमणका लागि औपचारीक निमान्त्रण गरेका छौ । उहाँ पनि नेपाल आउनुहुन्छ होला , हामीलाई पनि अवश्य बोलाउनु हुन्छ । उहाँहरुको व्यस्तता होला उपयुक्त समयमा पक्कै बोलाउनु हुन्छ । ”
यस्तै परराष्ट्रमन्त्री रणाले बिपिन जोशी चाँडै स्वदेश फर्किने विश्वास समेत व्याक्त गरिन् । लिखितरुपमा ईजराईली राजदुताबासबाट परराष्ट्रमन्त्रालयलाई कुनै जानकारी नभएपनि जोशीलाई स्वदेश ल्याउनेमा आफुले निरन्तर पहल गरिरहेको परराष्ट्रमन्त्री डा राणाको भनाई छ ।
यस्तै पत्रकारहरुले राखेको एक फरक जिज्ञासामा निर्मला पन्तको घटनालाई भुल्न नसकिने बताउनुहुँदै पन्तकै जिल्लाका गृहमन्त्री भएकाले समेत छिट्टै पन्तले न्याय पाउने विश्वास समेत परराष्ट्रमन्त्री डा राणाको व्याक्त गरिन् ।
परराष्ट्रमन्त्री राणा शनिबार कैलालीका विभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ । उहाँसंगै वनमन्त्री ऐनबहादुर शाही ठकुरी समेत धनगढी पुगेका छन् ।
परराष्ट्रमन्त्री राणाको धनगढी विमान स्थलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु र नेता कार्यकर्ताहरुले भब्य स्वागत गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्