हामि संग जोडिनुहोस

समाचार

रावलले रोजे देशभक्तिपूर्ण राजनीतिक शक्तिको बाटो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-९-१८
  • सुन्नुहोस् 
63  
Banner

 धनगढी । पूर्वउपप्रधानमन्त्री भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको बाटो रोजेका छन । नेकपा एमालेको कारबाहीमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै उनले नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक पार्टी निर्माण गर्ने बाटोमा अघि बढेको बताए । आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहहीन बाटोमा धकेलिएको छ’, रावलले निष्कर्ष प्रस्तुत गरेका छन्, ‘एमालेको रंग खुइलिएर बामाले ९बाको मात्र नाम लेउ० मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको लाग्छ ।’ एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावलले एमालेको विकल्पमा पार्टी निर्माणको राष्ट्रिय अभियान चलाउने पनि घोषणा गरे ।‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकता गर्नुपर्छ,’ रावलले भनेका छन् । राष्ट्रिय अभियान हुँदै वैकल्पिक पार्टी निर्माण गर्दा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीतिलाई ध्यान दिइने उल्लेख गरेका छन् ।‘देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्नेछ’, रावलले भनेका छन् ।एमालेबाट पुस ११ गते निकालिएका रावलले पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए । भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेको उनले बताए । रावलले ओलीका कारण अन्तर्राष्ट्रिय सम्बन्ध पनि फितलो बनाइएकोमा आपत्ति जनाए । रावलले सत्ताको बागडोर सम्हालेकाहरूले भ्रष्टाचारलाई बढावा दिने काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप रावलले लगाउँदै उनले पाँच दशकसम्म काम गरेको एमालेमा ओलीबाट भएको क्रियाकलापको विरोध गरेको पनि स्मरण गरेका छन् । एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उनले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको रावलले गुनासो गरे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय ओलीले आफूप्रति गरेको चरम प्रतिशोधको एउटा उदाहरण भएको पनि बताएका छन् ।रावलले ललिता निवास जग्गा प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीको इसारामा उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएको आरोप पनि लगाएका छन् । ‘ललिता निवास बालुवाटार जग्गा भ्रष्टाचार प्रकरणमा विष्णुप्रसाद पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले अवैध रूपमा प्राप्त गरेको जग्गा सरकारलाई फिर्ता गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजको नाममा मुद्दा दर्ता गर्न नपर्ने फैसला तपाईँकै इसारामा गरेको होइन र रु,’ रावलले पत्रकार सम्मेलनमा प्रश्न गर्दै भने, ‘कसैले चोरी गरेको सामान फिर्ता गर्दैमा दण्ड सजाय नगर्ने कानुन छ र रु’

त्यस्तै रावलले एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि आफ्नो ५१ वर्षे राजनीतिक जीवन नै समाप्त पार्ने गरी स्पष्टीकरण र पार्टी सदस्यता नै खोसेको भन्दै ओलीले गरेका विभिन्न निर्णयहरूको जवाफ दिनुपर्ने भन्दै रोचक स्पष्टीकरण सोधेका छन् ।

त्यस्तै रावलले आफूलाई पार्टीले सोधेको स्पष्टीकरणलाई भने कथित स्पष्टीकरण भनेका छन् । रावलले एमाले महासचिव शङ्कर पोखरेलले हस्ताक्षर गरेर पठाएको स्पष्टीकरण २०८१ कात्तिक ६ गते प्राप्त गरेको भन्दै उक्त स्पष्टीकरणपत्र द्वेषपत्रका रूपमा लिएको बताएका छन् । साथै सोधिएको स्पष्टीकरण सोध्दा समेत आफ्नो नाम र पद नलेखिएको रावलले जनाएका छन् । अतः यस्तो कथित स्पष्टीकरणको मैले जवाफ दिनुभन्दा स्वयं केपी ओलीले नै नेकपा एमालेको देशभक्त, इमानदार पङ्क्ति र नेपाली जनतालाई थुप्रै प्रश्नहरूको जवाफ दिनुपर्ने देखिएको छ । रावलले अध्यक्ष ओलीले नै दसौँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा हुन नदिएको आरोप लगाएका छन् । रावल दसौँ राष्ट्रिय महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्