हामि संग जोडिनुहोस

समाचार

फूलवारीमा लोक साँस्कृतिक महोत्सव हुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-९-१६
  • सुन्नुहोस् 
462  
Banner

धनगढी।सुदूरपश्चिम लोक साँस्कृतिक समाज,फूलवारी र  सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीको फूलवारीमा  लोक साँस्कृतिक महोत्सब हुने भएको छ ।   आयोजद्धारा धनगढीमा पत्रकार सम्मेलन गर्दै पुस २३ गते देखि २७ गते सम्म  धनगढी १८ स्थित  डिपो बजारमा  लोक साँस्कृतिक महोत्सब हुने  जानकारी दिएको छ ।

महोत्सबमा लोक सँस्कृति, परम्पराको संरक्षण र प्रवर्धन गर्न  प्रदेश स्तरीय डेउडा कार्यक्रम,भुवो, पञ्चेवाजा, सखिया,झुम्रा, लोकदोहोरी, मारुनी, तामाङसेलो र चर्चित राष्ट्रिय डेउडीया कलाकारका सांगीतिक प्रस्तुति रहने अयोजक संस्थाका  समाजका सचिव जयकृष्ण जोशीले जानकारी दिए ।

संस्कृति संस्कार गर्ने उदेश्यका साथ दोस्रो पटक लोक साँस्कृतिक महोत्सव संचालन गर्न लागिएको  समाजका अध्यक्ष  तिलक ओलीले बताए । महोत्सब भरपुर मनोरञ्जन  प्रदान गर्न सकिने अध्यक्ष ओलीले बताए । महोत्सबमा सहभागि कलाकारलाई सम्मान एवं उचित पुरुस्कारको व्यवस्था गरिने बताईएको छ । विभिन्न समुहवाट पञ्चेवाजा प्रदर्शन महोत्सबमा  प्रवेस निशुल्क गरिएको ओलीले बताए । 

महोत्सबले  स्थानीय कला सँस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने  सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका  उपकुलपति डा टिएन जोशीले बताए । महोत्स उद्घाटनका लागि सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमलबहादुर शाहलाई निमन्त्रणा गरिएको समेत उनले बताए । 



तपाइको प्रतिक्रिया दिनुहोस्