हामि संग जोडिनुहोस

समाचार

सुनौलो भविष्य नेपालको जल जंगल परियोजना सम्पन्न

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-९-१६
  • सुन्नुहोस् 
510  
Banner

धनगढी । सुनौलो भविष्य नेपालद्धारा कैलारी गाउँपालिकामा संचालनमा रहेको जल जंगल परियोजना सम्पन्नबारे कार्यशाला गोष्ठि गरिएको छ ।सुनौलो भविष्य नेपालकी कार्यबाहक अध्यक्ष जमुना भण्डारीको अध्यक्षतामा भएको कार्यशालाको सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले समुदघाटन गरिन् । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य देवकोटाले सामुदायिक वनकै कारण अहिले कैलाली–कंचनपुरमा वनको संरक्षण भइरहेको बताइन ।

गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले वन संरक्षणका लागि स्थानीय तहबाट पहल भइरहेको बताइन ।सामुदायिक वनका पदाधिकारीले वन संरक्षणका लागि स्थानीय तहले बजेट विनियोजन गर्नपर्ने बताए ।

परियोजना सम्पन्न गोष्ठीमा कैलारी गाउँपालिकाका  विभिन्न वडाका वडा अध्यक्षहरु, राजनितिकदलका प्रतिनिधि , पत्रकार र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


परियोजना अवधि भित्र जल जंगल संरक्षणका क्षेत्रका गरेका संस्थाले गरेका कार्य प्रगतिका सम्बन्धमा सुनौलो भविष्य नेपालका महा-सचिव डण्डीराज सुवेदीले जानकारी गराएका थिएका ।  

गोष्ठीमा स्वागत मनतब्य राख्दै सुनौलो भविष्य नेपालका  कोषाध्यक्ष यादव भण्डारीले परियोजनाले वन जंगल संरक्षण गर्न विभिन्न नदी तटीय क्षेत्र, सामुदायिक वनहरुमा वृक्षारोपणका साथै चेतना मूलक गोष्ठी संचालन गरिको बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्