हामि संग जोडिनुहोस

समाचार

रवि जोडिएको सूर्यदर्शन प्रकरणमा जाहेरीवालाको तर्फबाट बहस,काठमाडौँमा मुद्दा दर्ताको तयारी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-९-१८
  • सुन्नुहोस् 
144  
Banner

पोखरा । पूर्व उपप्रधान तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट जाहेरवालाको तर्फबाट बहस हुँदैछ । जाहेरवालाको पनि बहस सकिएपछि प्रतिवादी बनाइएका ७ जनाका कानून व्यवसायीले बहस गर्ने छन् । 

त्यसपछि जवाफी बहस हुनेछ । सरकारी वकिलको कार्यालयबाट उच्च सरकारी वकिल कार्यालयका वकिलले जवाफी बहस गर्ने जनाइएको छ । 

त्यसपछि न्यायाधीश नीतिज राईको इजलासले थुनामा पठाउने, धरौटीमा छाड्ने कि साधारण तारेखमा छाड्ने भन्ने निर्णय लिनेछ ।यसअघि बुधबार प्रतिवादी बनाइएकालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको तर्फबाट बहस सकिएको थियो । मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस शुरु भएको थियो ।

थुनछेक बसहको दोस्रो दिन बुधबार सरकारी वकिलका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ताहरु सुजाता पौडेल, शान्तिदेवी शर्मा र विपिनराज तिवारी र जिल्ला न्यायाधिवक्ता कमला काफ्ले बहस गरेका थिए । यस्तै नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले पनि बहस गरेका थिए । 

थुनछेक बहसको पहिलो दिन मंगलबार भने अदालत इजलासमै रुवाबासी चलेको थियो । सरकारी वकिलहरुले प्रतिवादीहरूले संगठित रूपमा सहकारीको रकम अपचलन गरेको बहस गर्दा प्रतिवादी ८० वर्षीय कृष्णबहादुर गुरूङ इजलासमै रोएका थिए । गुरुङ रोएपछि गण्डकी प्रदेशकी पूर्वसांसद मीना गुरुङ र उनकी साथी आरती गुरुङसमेत रुन थालेपछि न्यायाधीश राईले बहस स्थगित गरेका थिए ।

बुधबार पनि सरकारी वकिलहरुले रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, लीला पछाईं, आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ थुनामै राख्न माग गर्दै बहस गरेका थिए । सूर्यदर्शन सहकारी ठगीमा ६३ जनालाई विपक्षी बनाइएको छ । उनीहरूसँग पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा १ अर्ब ५१ करोड बिगो माग गरिएको छ ।

 ४४ जना विरुद्ध सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्र दर्ता गरेको थियो । ४४ मध्ये ८ कम्पनी, ३१ जना व्यक्ति, ८ संस्था र ५ जनाको सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ । त्यसअघि नै जीबीसहित १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।जीबी फरार छन् भने रवि कार्तिक २ देखि प्रहरीको हिरासतमा छन् । छवि भने असोज ६ देखि नै हिरासतमा छन् । 

रविविरुद्ध काठमाडौँमा पनि मुद्दा दर्ताको तयारी

यता काठमाडौँमा पनि रविविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ । प्रहरीले काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्नता देखिएका ४४ जनाविरुद्ध एक अर्ब १९ करोड रुपैयाँ मागदाबीसहित कानूनी कारबाही चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ।

काठमाडौँ प्रहरी परिसरले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पाँच हजार ६६९ जनाले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ बचत गरेकामा एक अर्ब १९ करोड अपचलन भएको अनुसन्धानबाट खुलेको र उक्त रकम अपचलनमा संलग्नता देखिएका ४४ जनालाई प्रतिवादी बनाई उनीहरूसँग सोहीबराबर बिगो मागदाबी गर्नुपर्ने रायसहितको प्रतिवेदन तयार पारेको हो ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको बताएका छन् । ‘आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाउन समय अपुग भएकाले आज बुझाइने छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्