हामि संग जोडिनुहोस

समाचार

चरेस सहित २ जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२१
  • सुन्नुहोस् 
51  
Banner

धनगढि ।कैलालीबाट लागू औषध चरेस सहित २ युवा युवती पक्राउ परेका छन । आइतबार बर्दगोरिया गाउँपालिका – २ बौनिया बजारबाट चरेस सहित घोडाघोडी नगरपालिका – ७ का २५ वर्षीय अर्जुन बिक र गौरिगंगा नगरपालिका – ७ की २६ वर्षीय निशा चौधरी पक्राउ परेका हुन ।बौनिया बजारमा सवारी चेक–जाँचको क्रममा से १ ख ११८८ नम्बरको बसमा सवार उनीहरुलाई शंका लागि चेकजाँच गर्दा निशाको साथबाट लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।२०।५० ग्राम तौल भएको उक्त चरेस सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्