हामि संग जोडिनुहोस

समाचार

सुनको मूल्य घट्यो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२०
  • सुन्नुहोस् 
54  
Banner

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्