हामि संग जोडिनुहोस

समाचार

जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२०
  • सुन्नुहोस् 
66  
Banner

बाजुरा ।जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएको छ । अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेसिनमा खराबी आएपछि अक्सिजन सिलिण्डरहरु रित्तिएका अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।उनका अनुसार एक महिनादेखि अक्सिजन प्लान्ट बन्द छ भने बिरामीहरुका लागि बयलपाटाबाट ल्याउनुपर्ने बाध्यता छ । मेसिन मर्मतका लागि कम्पनीलाई पटक पटक बोलाउँदा पनि नआएको र अग्रिम भुक्तानी माग गरेका कारण मर्मतमा ढिलाइ भएको बाजुरा अस्पतालले जनाएको छ ।सुदूरपश्चिम सरकारको बजेट ढिला आएको, अस्पतालको आन्तरिक श्रोतबाट मर्मत गर्न नसकिने भएका कारण ढिलाइ भएको र अब दसैँ लगत्तै मर्मत गरिने जिल्ला अस्पताल बाजुराले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्