हामि संग जोडिनुहोस

समाचार

८ किलो सुनसहित २ जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१९
  • सुन्नुहोस् 
87  
Banner

हेटौंडा । हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् ।आज शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटे चेकपोष्टस्थित पूर्व(पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२(०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए ।

सुन तस्करीको विशेष सूचना पाएपछि एसपी खड्काकै कमाण्डमा प्रहरी टोली खटिएको थियो । उनका अनुसार पक्राउ परेका दुवै जनाले जनकपुरबाट पथलैयासम्म बसमा र पथलैयाबाट स्कुटरमा यात्रा गरिरहेका थिए ।उनीहरूले सुन काठमाडौंको गौशाला पुर्‍याउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।पक्राउ परेका कुटी र बाडले यसअघि ८ असोजमा २ किलो सुन काठमाडौंमा पुर्‍याएको समेत खुलेको छ ।

उनीहरूलाई हङकङबाट परिचालन गरिएको हुनसक्ने एसपी खड्काले जानकारी दिए । हङकङको गिरोहसँग ह्वाट्स एपमा कुराकानी हुने गरेको खुलेको उनले बताए ।मकवानपुर प्रहरीले यसअघि १५ असोजमा पनि ६७ लाख मूल्यको ४९० ग्राम ८८० मिलिग्राम सुनसहित एक जनालाई पक्राउ गरेको थियो ।

हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटे चेकपोष्टमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा।प्र।०३(००१ज ६९६ नम्बरको यात्रुबाहक ईभी माईक्रोलाई जाँच गर्दा भारत बिहारको फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफ सुनसहित पक्राउ परेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्