हामि संग जोडिनुहोस

कैलाली विशेष

जनप्रियले मनायाे सांस्कृतिक उत्सव

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१६
  • सुन्नुहोस् 
918  
Banner

मसुरिया । विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयले सांस्कृति उत्सव मनाएको छ । प्रधानाध्यापक धनीदत्त भट्टको अध्यक्षमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्तर्गत सांस्कृतिक उत्सव मनाएका हुन् । 

कार्यक्रममा विद्यार्थीहरुले पहिरनसहितका थारू नृत्य, डेउडा नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।  सांस्कृतिक प्रस्तुतिसँगै विद्यालयले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत घैंटो फोड प्रतियोगिता पनि गरेको थियो । प्रतियोगितामा विद्यार्थीतर्फबाट कक्षा १० मा अध्ययरत विद्यार्थी प्रशान्त टमट्टा र शिक्षक–कर्मचारीबीचको प्रतियोगितामा विद्यालयका कर्मचारी रमा कँडेल विजय भएका थिए ।  

यसैगरी कार्यक्रममै जनप्रिय माध्यमिक विद्यालयबाट सरुवा भई गएका शिक्षक शान्ति पन्त र उत्तमराज पनेरुलाई विदाई गरिएको थियो भने सरुवा भई आएका शिक्षक लक्ष्मी शर्मा जोशी, तीर्थराज जोशी, रविना चौधरी, श्यामबहादुर  खत्रीलाई स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक भट्टले सरुवा भई गएका शिक्षकको योगदानको कदर गर्दै दोसल्लासहित कदर पत्रले सम्मानित गरेका थिए । कार्यक्रममा बोल्दै प्रधानाध्यापक भट्टले भने,‘उहाँहरुले विद्यालयमा पुगाउनु भएको योगदान अविष्मरणीय छ, विद्यालय परिवार उहाँहरुलाई सम्झिरहने छ ।’ सरुवा भई आएका शिक्षकलाई स्वागत गर्दै उनले भने,‘तपाईहरुसँग अभिभावक तथा विद्यालय परिवारले ठूलो आशा लिएको छ ।’ कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम अध्यक्ष तथा नागरिक दैनिकका पत्रकार पुष्पराज जोशी, कामना टेलिभिजनका पत्रकारद्वय दिनेश खाती, दिनेश विसी र सुनौलो एफएमका पत्रकार विशाल साउँद तथा शिक्षक, अभिभावकको उपस्थिति रहेको थियो । विद्यालका शिक्षक हीरासिंह विठाडी र विद्यार्थी विशाल साउँदले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्