हामि संग जोडिनुहोस

समाचार

आजदेखि तीन दिन राष्ट्रिय शोक ,सार्वजनिक बिदा नहुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१५
  • सुन्नुहोस् 
231  
Banner

धनगढी। सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा हुने छैन ।प्रधानमन्त्री ओली सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएका थिए । उनी आइपुगेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्