हामि संग जोडिनुहोस

समाचार

कैलालीबाट ५ जना फरार प्रतिवादी पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१४
  • सुन्नुहोस् 
66  
Banner

 कैलाली । कैलालीबाट ५ जना फरार प्रतिवादी पक्राउ परेका छन । आइतबार प्रहरीले जिल्ला अदालत कैलालीको बिभिन्न मितिमा कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ५ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा लागू औषध मुद्दामा २५ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका – २ सन्तोषी टोल का २८ वर्षीय यज्ञ बहादुर ओली, २४ वर्षीय सुरेश बहादुर ओली, चोरी मुद्दामा १ महिना ३ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका – १० पहलमानपुर का २२ वर्षीय लोकेन्द्र बम र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – १ पुष्पलाला चोकका ४८ वर्षीय ज्ञानेन्द्र गुप्ता र ४६ वर्षीया छाया गुप्ता रहेका छन ।


तपाइको प्रतिक्रिया दिनुहोस्