हामि संग जोडिनुहोस

समाचार

बाढी र पहिरो ३ दिनमा १ सय २५ जनाको ज्यान गयो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१३
  • सुन्नुहोस् 
75  
Banner

पछिल्लो तीन दिनमा वर्षाजन्य विपद्मा परेर एक सय २५ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार अस्ति शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा १ सय २५ जनाको ज्यान गएको छ भने ६४ जना अझै बेपत्ता छन् । यस्तै ६१ जना घाइते भएका छन् ।बाढी र पहिरोमा परी सबैभन्दा धेरै काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ६३ जनाको ज्यान गएको छ । काठमाण्डौमा ३९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा पाँच जनाको ज्यान गएको छ । यस्तै काभ्रेमा १८ जना, सिन्धुपाल्चोकमा नौ जना, मकवानपुरमा सात जना तथा पाँचथर र सोलुखुम्बुमा पाँचरपाँच जनाको ज्यान गएको छ ।यस्तै बाढी र पहिरोमा परी काभ्रेमा २३ जना, ललितपुरमा १५ जना, काठमाण्डौमा ६ जना, दोलखामा चार जना र पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । ३६ सय जनाभन्दा धेरैको उद्धार गरिएको प्रहरीले जनाएको छ ।विभिन्न जिल्लामा ज्यान गुमाउने र बेपत्ता हुनेहरूको विवरण सङ्कलन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बाढी र पहिरोमा परेर अहिलेसम्म तीन सय २२ वटा घर बगेका छन् । यस्तै चार वटा पक्की पुल र दुई वटा बेलिब्रिजसहित १६ वटा पुल पनि बगेका प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्