हामि संग जोडिनुहोस

समाचार

लागु औषधसहित एक महिला पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१३
  • सुन्नुहोस् 
66  
Banner

धनगढी। जिल्लाको बडीमालिका नगरपालिका–८ मार्तडीको गौडाबाट लागु औषध चरेश सहित एक महिला प्रहरीले शनिबार बेलुकी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौमुल गाउँपालिका घर भई हाल मार्तडीमा बसोबास गर्दै आएकी ३७ वर्षीया मागी धामी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ प्रहरीका अनुसार घर भित्र लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५८ दशमलव २ ग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको हो । लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद सहित महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी भनाई रहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्