हामि संग जोडिनुहोस

समाचार

कांग्रेसले राहत कोषमा ५० लाख सहयोग गर्ने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१३
  • सुन्नुहोस् 
333  
Banner

 काठमाडौं । नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले पीडित राहत कोषमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । राहत कोषमा रकम सहयोग गर्नका लागि सांसदहरुले १५ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरिएको छ ।बैठकले पार्टी संरचनालाई उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ । पार्टी कार्यकर्ता, भ्रातृ र शुभेच्छुक संस्थालाई राहत, उद्धार कार्यमा सक्रिय रुपमा लाग्न निर्देशन दिएको हो ।


तपाइको प्रतिक्रिया दिनुहोस्