हामि संग जोडिनुहोस

समाचार

बढि पहिरो बाट ९९ जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१३
  • सुन्नुहोस् 
39  
Banner

धनगढी ।भारी वर्षासँगै आएको बाढीपहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपदमा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।शनिवार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए । उद्धार गरिएकामध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।बिहीवारदेखि शुरू भएको वर्षाले शुक्रवार राति अविरल रुप लिएको थियो । शनिवार अपरान्हदेखि भने वर्षा मत्थर भएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्