हामि संग जोडिनुहोस

समाचार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१३
  • सुन्नुहोस् 
258  
Banner

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय रामदल रानाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।शनिबार राती १ बजेतिर बस्ती पसेको हात्तीलाई धपाउन होहल्ला गरिरहेको अवस्थामा रानामाथी हात्तीले आक्रमण गरेको स्थानीयहरुले बताएका छन । हात्तीको आक्रमणबाट रानाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष निर्मल रानाले जानकारी दिए ।अहिले हात्तीको समूह नजिकैको जङ्गलमा पसेको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा प्रहरीको टोली घटनास्थलमा खटिएको बताईएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्