सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-१
  • सुन्नुहोस् 
357   
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदै

अत्तरिया  ।सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदैछ । काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदुरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक मनाइँदैछ ।साउन मसान्तसँगै सुदुरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ।साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ। ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठोरमसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो।ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ ।यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन् । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास पनि कतिपय समुदायको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च