धनगढी । पश्चिमा थारु समुदायमा मनाउने गुरही पर्वको तयारी पुरा भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–८ गढी,२४गुरही चोकमा भव्यताका साथ श्रावण २५ गते (भोलि )मनाइने पर्वको तयारी पुरा भएको बुधवार आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत जनाइएको हो।धनगढीको गुरही चोकमा विगत १५ वर्षदेखि सामुहिक रुपमा मनाउदै आएको गुरही पर्व यो वर्ष फरक तरिकाले मनाइन लागेको बाचचित घर धनगढीका बरघरिया ठाकुरप्रसाद करियाप्रधानले जानकारी दिए।थारु समुदायका मानिसलाई धेरै सिकलसेल एनिमिया रोग डेखा पर्ने गरेको र रगतकोसमेत कमी हुने भएकाले यो वर्ष गुरही पर्वको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए।बिहीवार बिहान सात बजेदेखि १२ बजेसम रक्तदान कार्यक्रम गरिएको छ। श्रावण २५ गते (भोलि )गुरही चोकमा गुरही अस्रैना र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको उनले बताए। गुरही पर्वलाई भव्य बनाउलका लागि सखि संजाल कैलाली, थारु कल्याणकरिणी सभा धनगढी नगरपालिका समिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिला सभा कैलाली, थारु महिला सञ्जाल, थारु विद्यार्थी समाज, थारु लेखक संघ, हिरगर साहित्य बगाल, बाचचित घर धनगढी, हमार फाउन्डेसन धनगढी र थारु नागरिक समाजलगायत संघसंस्थाले संयोजन गरिएको राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समितिका कोषाध्यक्ष राजु चौधरीले बताए।संखी संजाल कैलालीकी कार्यवाहक संयोजक उन्नती चौधरीले पत्रकार सम्मेलनमा प्रसासन कार्यालय, प्रहरी कार्यालय, ट्राफिक कार्यालयलगायत निकायमा पत्रचार गरिसकेको जानकारी दिइन्। गुरही अस्रैना पर्वलाई व्यवस्थित बनाउनका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरीले सहयोग गर्ने प्रतिवद्धता आएको उनले बताइन्।थारु समुदायले गुरही पर्वलाई धुमधामक साथ मनाउने गरिएकाले प्रदेश सरकार र स्थानीय सरकारसँग सार्वजनिक विदाको माग समेत गरेको उनले बताइन्। यो पर्वमा रोगव्याधीलाई निर्मुल गर्ने तथा नाकारात्मक सोचलाई प्रराष्ट गरेर नविनतम र सकारात्मक सोच विजारोपन गर्ने पर्वको रुपमा लिने गरिएको छ।विशेष गरेर गुरही एक प्रकारको किराको नाम हो। यो किरालाई नेपाली भाषामा गाईनेकिरा भनिन्छ। गर्मीयाममा गाउँघरमा व्याप्त दुषित किटाणु तथा मच्छरलाई अफ्नो आहारा बनाएर यो किराले वातावरण सरसफाईमा टेवा पुर्याउने गरेको छ।
मनोरञ्जन
थारु समुदायमा मनाउने गुरही पर्वको तयारी पुरा

तपाइको प्रतिक्रिया दिनुहोस्