सरकारी पूजा सामग्रीसहितको टोली बडीमालिका प्रस्थान - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

सरकारी पूजा सामग्रीसहितको टोली बडीमालिका प्रस्थान

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-२१
  • सुन्नुहोस् 
369   
सरकारी पूजा सामग्रीसहितको टोली बडीमालिका प्रस्थान

 डोटी । डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडीमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाका लागि सरकारी पूजा सामग्री पेटारो पठाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विशेष पूजाआजा गरेपछि सोमवार जिल्ला प्रशासन कार्यालय डोटीबाट पेटारो बडिमालीका लागि निस्केको हो ।जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणा कालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो पैदल १५ दिन लगाएर बडिमालिका पुग्ने छ ।जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन आज साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बास बस्ने छ ।  दोस्रो दिन पूर्वीचौकी–५ को धानुकाँडामा बास बस्नेछ । यस्तै अछामको मार्कु, प्रसिद्ध धार्मिक स्थल वैद्यनाथ हुँदै पैदल मार्ग बाट बडीमालिका पुग्ने चलन छ ।पूजा सामग्रीमा डोटी दिपायलको भुरुरी धानको पात र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ । यो वर्षको पेटारो टोलीको नेतृत्व जिल्ला अनुसन्धान कार्यालय डोटीका रेसम अधिकारीले गरेका छन् । पेटारो प्रस्थानका क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामी दिएको थियो । जिल्ला प्रशासन कार्यालयमा विशेष पूजापछि निस्केको पेटारो सहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिका तिर लागेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च