धनगढी । कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी नेता पवन सुनारको जन्मदिनमा वृक्षारोपण सरसफाई सँगै सांगीतिक तथा साहित्यिक कार्यक्रम गरिएको छ । अध्ययनरत रहेकै कैलाली बहुमुखी क्याम्पसमा अखिलका पदाधिकारीको र अन्य विद्यार्थी तथा शुभचिन्तकहरुको उपस्थितिमा उक्त कार्यक्रम गरेको अखिल कैलाली बहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष मिलन भाटले बताए।
अखिल क्रान्तिकारी धनगढी इकाईका अध्यक्ष रहेका पवन सुनारको जन्मदिनमा क्याम्पसमा बिहान वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको थियोे भने दिउँसो ३ बजेबाट सांगीतिक तथा साहित्यिक कार्यक्रम गरिएको क्रान्तिकारी एश्वर्य बहुमुखी क्याम्पसका अध्यक्ष विकाश बिष्टले बताएका छन् ।आफ्नो जन्मदिनको उपलक्षमा यति ठुला कार्यक्रम गरी दिएको र साथै म प्रति देखाएको यो प्रेम र हौसलाको आभारी रहेको विद्यार्थी नेता तथा अखिल क्रान्तिकारी धनगढी इकाईका अध्यक्ष सुनारले खुसी साथ व्यक्त गरे ।कार्यक्रममा क्याम्पस इकाईका अध्यक्ष मिलन भाट म्याक्सको अध्यक्षता रहेको थियो । त्यस्तै सेती प्रादेशिक अस्पतालका अध्यक्ष ,अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष केएमसीका स्ववियु अध्यक्ष विशिष्ट आतिथ्यतामा रहेका थिए । भने अन्य क्रान्तिकारीका पदाधिकारी र थुप्रै विद्यार्थीको यल्लेख्य उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्