हामि संग जोडिनुहोस

मनोरञ्जन

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-१८
  • सुन्नुहोस् 
684  
Banner

धनगढी । राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशले फागुन २४ देखि २६ गतेसम्म ल्होछार मेला गर्ने भएको छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्जुश्री सम्बत २८६० डुक ल्हो सोनाम ल्होछार तमु ल्होछार र २५५१ औं ग्याल्पो ल्होछारको शुभ अबसरमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०८० आयोजना गरिने जानकारि दिएको हो ।

तामाङ समुदायको ल्होछार पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि यसको महत्व र औचित्यबारे जानकारि दिने गरि मेलाको आयोजना गरिएको राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङले बताए ।ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने बताइएको छ । कार्यक्रमको दोस्रो दिन प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ कार्यक्रममा सहभागी हुने उनले बताए ।

अन्तिम दिन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री उद्धार महर्जन कार्यक्रममा उपस्थित हुने उनको भनाइ छ । बागमती प्रदेशभित्रका जिल्लाहरुमा रहेको कला र संस्कृतिको उत्थानका लागि ल्होछार मेला आयोजना गरिएको उनले बताए ।

उक्त कार्यक्रममा स्थानीय उत्पादन (खाद्यान्न तथा पोशाक )को स्टलसमेत राखिने बताइएको छ । रसुवाको मार्सी चामलदेखि नुवाकोटको स्टेवरी, ककनीको ट्राउट माछालगायत स्टलमा राखिने राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सदस्य मन बहादुर तामाङले जानकारी दिए ।



तपाइको प्रतिक्रिया दिनुहोस्