धनगढीमा रहेको चैतन्य पाठशालामा चैतन्य बाल साहित्य सम्मेलन सम्पन्न - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

साहित्य

धनगढीमा रहेको चैतन्य पाठशालामा चैतन्य बाल साहित्य सम्मेलन सम्पन्न

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-१७
  • सुन्नुहोस् 
1.59K   
धनगढीमा रहेको चैतन्य पाठशालामा चैतन्य बाल साहित्य सम्मेलन सम्पन्न : Phulbari Khabar

धनगढी । कैलालीको धनगढीस्थित शिवनगर ५ मा रहेको चैतन्य पाठशालाद्वारा चैतन्य बाल साहित्य सम्मेलन सम्पन्न भएको छ । मंगलबार बिद्यालयकै प्राङ्गणमा बाल साहित्य सम्मेलन आयोजना गरिएको हो ।

Phulbari Khabar

चैतन्य पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरीको सभाध्यक्षमा भएको बाल साहित्य सम्मेलनमा प्रमुख अतिथी साहित्यकार डा.बद्री शर्मा बिनाडी रहेका थिए । चैतन्य पाठशालाका सीइओ गणेशप्रसाद जोशीले विद्यालयमा वेद र विज्ञानलाई सँगसँगै पढाइरहेको बताए । 

विद्यार्थीहरूलाई अहिलेको परिवेश अनुसार कक्षाकोठामा स्मार्ट बोर्डबाट समेत पठनपाठन गरिरहेको उनको बताए । बिद्यालय तहबाटै बिद्यार्थीहरु बिभिन्न रचनात्मक  कृयाकलापसहित यस्ता साहित्य क्षेत्रको माध्यमबाट उनीहरुको सिप कला क्षमता र ज्ञानका कुराको वृृद्यि बिकास हुने उनको भनाई छ । 

Phulbari Khabar

किार्यक्रममा बिद्यार्थीहरु आफैले रचना गरेका गित, कविता, गजल लगायतका साहित्यीक रचनाहरु प्रस्तुत गरेका थिए ।कार्यक्रममा कैलाली बहुमखी क्याम्पसका सहायक प्राध्यापक गणेश प्रसाद जोशी, महाकाव्यकार मनिराज जोशी, साहित्यकार यज्ञराज जोशी यात्री, कैलाली बहुमखी क्याम्पसका प्राध्यापक सिताराम भट्ट,

सुदुरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेय,उपाध्यक्ष रुपा श्वांर, डेउडा गायक सुरत रावत डोटेली कान्छा, राजेन्द्र शाह बिपी, साहित्यकार तारा पल्लवी, डिल्लीराज जोशी, तोयनाथ भट्ट, डिल्लीराज ओझा, गणेश नेपाली, भिमदत्त बिनाडी, सितल खड्का,सिब नारायणी दहित, पुस्पराज पाण्डे अभिभावक ,बिध्यार्थी,लगायतको उपस्थीती रहेको थियो । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च