हामि संग जोडिनुहोस

राष्ट्रिय

धनगढीमा माघ २० गते राष्ट्रवादी चलचित्र काँडेतारको च्यारिटी शो हुने

  • Logo
    दिपक बम
  • Logo
    २०८०-१०-१६
  • सुन्नुहोस् 
846  
Banner

धनगढी । धनगढीमा माघ २० गते काँडेतार चलचित्रको च्यारिटी शो हुने भएको छ । राष्ट्रवादको भावनाले ओतप्रोत भएको चलचित्र काँडेतारको च्यारिटी शो धनगढीमा रहेको एसटिएस सिनेमा हलमा हुने भएको हो ।

सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि कांडेतार टिमले सो कुराको जानकारी दिएको हो । निर्माता÷निर्देशनक  नबल खड्काले सिनेमाको कथा रास्ट्रभक्ती रहेको बताए । उनका अनुसार काँडेतार चलचित्रमा नेपालले छिमेकि राष्ट्रहरुबाट भएका नेपाली,भुमि अतिक्रमण, सिमा विवाद, खुला सिमानाकाबाट भोग्नुपरेको समस्या चित्रण गरिएको छ । 

उनले छिमेकी बलियो बनाउन सिमानामा  पर्खाल आबश्यक रहने सन्देश दिन खोजेको दाबी गरे ।सिनेमाको लगानी झन्डै ४ करोड रहेको निर्माता खड्का को भनाई रहेको छ ।

च्यारीटी शो बाट उठेको रकम सिमानामा मारिएका सहिद गोबिन्द गौतम को परिवारलाई सहयोग गरिने उनले बताए । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ४का  सहिद गोविन्द गौतमको देशको सीमा रक्षाका क्रममा ज्यान गएको थियो । 


उनको २०७३ फागुन २६ गते स्थानीय कारगिल डाँडा नजिकै कल्भर्ट निर्माणका क्रममा भएको विवादपछि भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को गोली लागेर उनको ज्यान गएको थियो । उक्त राष्ट्रवादी चलचित्र काँडेतार फागुन २५ गते देशभर  प्रदर्शन हुने भएको छ ।



 


तपाइको प्रतिक्रिया दिनुहोस्