हामि संग जोडिनुहोस

देश/प्रदेश

शिबशंकरको २४ औँ बार्षिकोत्सब सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-११
  • सुन्नुहोस् 
2.38K  
Banner

धनगढी। शिबशंकर आधारभूत बिद्यालयको २४ औँ वार्षिकोत्सब  कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ ।  बुधबार कैलालीको धनगढी उप-महानगरपलिका -१४ स्थित सो बिद्यालयको वार्षिकोत्सब सम्पन्न भएको हो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हर्कबहादुर बलायरको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सबमा उपमहानगरपलिका -१४का वडा अध्यक्ष मानबहादुर बिष्ट प्रमुख अतिथि रहेका थिए ।  कार्यक्रममा  धनगढी नगरकार्यपालिका सदस्य चक्र नेपाली बिशिष्ट अतिथि रहेका थिए ।

बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरुले  बिद्यालयको प्रगतिको कामना सहित शुभकामना मनतब्य ब्याक्त गरेका थिए ।बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको  वार्षिकोत्सबमा बिद्यालयका उत्कृष्ट बिद्यार्थीलाई पुरुस्कार  समेत बितरण गरिएको थियो । 

प्रधानाध्यापक लक्ष्मीराज ओझाद्धारा  बिद्यालयको आर्थिक तथा शैक्षिक प्रगति बिवरण प्रस्तुत गरिएको कार्यक्रमको संचालन शिक्षिका गोबिन्दी कुँबरले गरेकी थिईन् । शिक्षिका मन्जु रावलले अतिथिहरुलाई स्वागत गरेकी थिईन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्