सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन आजदेखि सुरु हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सभाको पहिलो र दोस्रो अधिवेशन कामै नपाएर टुंगिएको थियो भने तेस्रो अधिवेशन सुरु हुने बेलासम्म पनि कुनै बिजिनेस छैन ।
प्रदेश सभा सचिवालयलाई सरकारले बिजनेस दिन नसकेकाले आजको बैठक औपचारिकतामा सीमित हुने छ । अधिवेशनको पहिलो दिन भएकाले दलका नेताहरुले प्रदेश सभा बैठकलाई सम्बोधन गर्नेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्