त्रिशूलीमा फेला पर्‍यो भारतीय नम्बर प्लेटको बोलेरो गाडी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

त्रिशूलीमा फेला पर्‍यो भारतीय नम्बर प्लेटको बोलेरो गाडी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-३
  • सुन्नुहोस् 
1.12K   
त्रिशूलीमा फेला पर्‍यो भारतीय नम्बर प्लेटको बोलेरो गाडी

 काठमाडौं । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ ।आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन ।

डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनले मानिस भने फेला नपरेको बताए ।

गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालयबाट सात जनाको गोताखोरसहित १० जनाको टोली र १७ नम्बर गण चितवनबाट  १३ जनाको टोली परिचालन गरिएको थियो ।त्रिशूली नदीको पानी मुनि गएका सहायक हबल्दारद्वय डिल्ली भट्टराई र मेखबहादुर गुरुङले बोलेरो गाडी रहेको र मान्छे नभएको पत्ता लगाएका हुन् । उक्त गाडीलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार