हामि संग जोडिनुहोस

सुदूरपश्चिम

झुलाघाट महाकाली नदीमाथि छिटै पक्की पूल बन्छ: परराष्ट्रमन्त्री साउँद

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-२९
  • सुन्नुहोस् 
570  
Banner

बैतडी । परराष्ट्रमन्त्री एनपी साउँदले भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट महाकाली नदीमाथि छिटै पक्की पूल बन्ने बताएका छन् । शुक्रबार बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोटमा श्रीकेदार सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री साउदले यस्तो बताएका हुन् ।

भारतसंग पछिल्लो समयमा बैतडीको झुलाघाट र डडेल्धुराको परशुरामको मोटेरेबल पुलका लागि अन्तिम छलफल भएको बताए । उनले भने, ‘ दार्चुलाको पक्की पूल,झुलाघाटको पक्की पूल र परशुराममा पुल बनाउने बिषयमा भारतीय पक्षसँग छलफल भएको उनले बताए । 

दार्चुलामा पुलको काम चलिरहेको, झुलाघाट र परशुराममा अब छिटै पूलको सिलन्यास हुने उनको भनाई छ । गएको साउन महिनामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाटमा पक्की पुल निर्माणको घोषणा गरेका थिए ।

सोही घोषणा अनुसार पुल निर्माणका लागि भारतीय पक्षले टेण्डर समेत आह्वान गरिसकेको छ । झुलाघाटमा पक्की पुल निर्माण नेपालीको मात्रै नभएर सीमावर्ती भारतीय नागरिकको पनि चाहना रहेको छ ।

करीब दुईसय वर्ष अघि ईष्ट ईण्डिया कम्पनीले नेपाल –भारत सीमा नाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुगें पुल जीर्ण बन्दै गएपछि बैतडी लगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन् ।

सुदूरपश्चिमका प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रहरुमा भारतीय दर्शनार्थीहरु आउने गरेका छन् । तर पक्की पुल नहुँदा उनीहरुले समेत सास्ती भोग्नुपरेको छ । अब पुल निर्माण भएमा धार्मिक पर्यटकको संख्या समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

सीमा क्षेत्रमा मोटरेबल पुल नहुँदा सीमा क्षेत्रको व्यापार व्यवसाय समेत सुस्ताएको छ । सीमा नाकामा मोटरेबल पक्की पुल नभएका कारण भरियाले बोकेरै पुल तार्नु पर्ने भएपछि सामान आयात निर्यात पनि महंगोमा हुने गरेको ब्यापारी बताउँछन ।


तपाइको प्रतिक्रिया दिनुहोस्