प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु,सुदूरपश्चिमको पहिलो खेल माघ १ गते लुम्बिनीसँग - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु,सुदूरपश्चिमको पहिलो खेल माघ १ गते लुम्बिनीसँग

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-२९
  • सुन्नुहोस् 
645   
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु,सुदूरपश्चिमको पहिलो खेल माघ १ गते लुम्बिनीसँग

धनगढी । प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । आज शनिबार सुरु भएको प्रतियोगितामा सहभागी हुन राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । 

टोलीमा टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरनकुमार ठगुन्ना, नारायण जोशी, शेर मल्ल, नरेन साउँद, प्रकाश पाण्डेय, मिलन बोहरा, विकास आग्री, दिपक चन्द र भोजराज भट्ट रहेका छन् । वैकल्पिक खेलाडीमा अभिषेक पाल, वसन्त खत्री, युवराज खत्री र सन्जय बोहरा रहेका छन् ।

सुदूरपश्चिमको पहिलो खेल माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशसँग रहेको छ । सो प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगिताका खेलहरु मूलपानी, कीर्तिपुरस्थित त्रिवि मैदान र भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानका अनुसार त्रिवि मैदानमा फाइनलसहित सर्वाधिक १८ खेल सञ्चालन हुनेछ । यस्तै मूलपानीमा १७ र भैरहवामा ११ खेल हुनेछन् ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशगरी १० टोलीको सहभागिता रहनेछ । पहिलो दिन शनिबार त्रिवि मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लब, मूलपानीकमा कोशी र मधेश प्रदेश तथा भैरहवामा लुम्बिनी र गण्डकी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।

सबै टोलीले राउन्ड रोविन लिगमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । प्रतियोगिताको शीर्ष चारमा रहने टोलीबिच आगामी चैत र वैशाखमा एलिट ट्रफी खेलाउने क्यानले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार