‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनको उपाधि विनोद राईलाई - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनको उपाधि विनोद राईलाई

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-२९
  • सुन्नुहोस् 
759   
‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनको उपाधि विनोद राईलाई

काठमाण्डौ । ‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् । गएराति ललितपुर गोदावरीमा रहेको सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् । उनलाई दर्शकले दिएको भोटको आधारमा विजेता घोषणा गरिएको हो । कोच मिलन नेवारको समूहबाट प्रतिनिधित्व गर्दै राई विजेता बनेका हुन् । 

यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् । ’द भ्वाइस अफ नेपाल’ को पाँचौँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च