पत्रकारलाई कुट्ने रास्वपाका जिल्ला संयोजक निलम्बित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

पत्रकारलाई कुट्ने रास्वपाका जिल्ला संयोजक निलम्बित

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-११
  • सुन्नुहोस् 
1.54K   
पत्रकारलाई कुट्ने  रास्वपाका  जिल्ला संयोजक निलम्बित : Phulbari Khabar

धनगढी,९श्रावण्। राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।

Phulbari Khabar

खड्कालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ। उनले पत्रकार सुनिल मण्डेललाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका थिए। बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एङ्गल अनलाइनमा कार्यरत पत्रकार मण्डेललाई घरबाटै सोमवार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ।

खड्का स्वयं उक्त होटलका सञ्चालकसमेत हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश, बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गर्दै घटनाको बिरोध गरेका थिए ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च