धनगढी । कैलालिको धनगढीमा श्री कलेज धनगढी कप फुटबल प्रतियोगिता हुने भएको छ । लिटिल फ्लावर स्पोर्टस क्लब धनगढीको आयोजना र श्री कलेज अफ मेनेजमेन्ट आलोक नगर नयाँ बानेश्वर काठमाण्डोको मुख्य प्रायोजनमा श्री कलेज धनगढी कप फुटबल प्रतियोगिता हुने भएको हो ।
धनगढी रंग शालामा सञ्चालन हुने प्रतियातोे आउदो फागुन ५ गते देखि १२ गते सम्म चल्ने लिटन फ्लावर स्पोर्टस क्लबले जानकारी दिएको छ । प्रतियोगितामा कक्षा १२ सम्म संचालित विद्यालय र कलेजहरुले सहभागीता हुन पाउने लिटन फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहिले बताए ।
उनका अनुसार प्रतियोगितामा कम्तीमा १६ टिमको सहभागिता हुने छ । प्रतियोगितामा बिजेताले नगद रु. ५० हजार, उपविजेताले नगद रु २५ हजार, सर्वोत्कृष्ट खेलाडीले नगद रु ६ हजार, उत्कृष्ट गोलकिपरले नगद ३ हजार, उदयमान खेलाडीले नगद रु ३ हजार पाउने छन् ।
यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद रु ५ सय मेंडल, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितीले जनाएको छ । प्रतियोगितामा कूल ११ लाख खर्च हुने अनुमान गरिएको आयोजक समितिले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्