१५औं महाधिवेशनमा शेखरलाई सभापति बनाउँछौं : धनराज गुरुङ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

१५औं महाधिवेशनमा शेखरलाई सभापति बनाउँछौं : धनराज गुरुङ

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-११
  • सुन्नुहोस् 
945   
१५औं महाधिवेशनमा शेखरलाई सभापति बनाउँछौं : धनराज गुरुङ : Phulbari Khabar

काठमाडौं,९श्रावण। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने दाबी गरेका छन् ।मंगलबार आफ्नो समूहले गरेको कार्यक्रममा उपसभापति गुरुङले अहिले नै सभापति बदल्न नसक्ने बताए नपुग्ने कुरा नगर्ने भन्दै उनले भने, ‘अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५औं महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।’त्यो बेला शेखरलाई उम्मेदवार बनाउने मात्र होइन, सभापतिमा स्थापित गर्ने उनको दाबी छ ।

Phulbari Khabar

कानुनमन्त्री समेत रहेका कांग्रेस उपसभापति गुरुङले नेताहरुको सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्ने बताए । एकपछि अर्को फाइल खोल्दै जानुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई समेत भनेको उनले बताए ।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च