देउवाले निवासमै बोलाए कांग्रेस पदाधिकारी बैठक - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

देउवाले निवासमै बोलाए कांग्रेस पदाधिकारी बैठक

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-११
  • सुन्नुहोस् 
1.05K   
देउवाले निवासमै बोलाए कांग्रेस पदाधिकारी बैठक : Phulbari Khabar

काठमाडौं,९श्रावण । नेताहरुको विरोधकाबीच सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित आफ्नै निवासमा नेपाली कांग्रेस पदाधिकारीको बैठक बोलाएका छन्।सभापति देउवाले मंगलबार अपरान्ह ४ बजे धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपालखबरलाई बताए।पौडेलका अनुसार बैठकको एजेन्डामा समसामयिक राजनीति, गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकसहित रहेका छन्।यसअघि केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सभापति देउवाले पार्टीलाई सानेपामाभन्दा धुम्बाराहीमा केन्द्रित गरेको भन्दै आलोचना गरेका थिए।नेताहरुको आलोचनाबीच सभापति देउवाले फेरि पदाधिकारी बैठक आफ्नै निवासमा बोलाएका हुन्। यसअघि पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलका पदाधिकारीहरुको बैठक धुम्बाराहीमै राख्ने गरेका थिए।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च