राजस्वको निर्धारित लक्ष्य भेटाउन अर्थमन्त्री महतको निर्देशन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

राजस्वको निर्धारित लक्ष्य भेटाउन अर्थमन्त्री महतको निर्देशन

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-११
  • सुन्नुहोस् 
1.04K   
राजस्वको निर्धारित लक्ष्य भेटाउन  अर्थमन्त्री महतको निर्देशन : Phulbari Khabar

काठमाडौं,९ श्रावण। राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् ।आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् ।नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा। महतले आग्रह गरे ।

Phulbari Khabar

‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपालि पनि त्यस्तै हो भन्न पाइँदैन, मन्त्री डा। महतले भने, ‘अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।’मूल्य अभिवृद्धि कर (भ्याट) विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिए । ‘नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ,’ उनले अघि भने, ‘ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो । त्यसको रेकर्ड आन्तरिक राजश्व कार्यालय पनि राख्नुपर्छ ।’

स्याउ, आलु र प्याजमा पनि कर लागेको तर त्यो भन्सारमा मात्र लाग्ने बताउँदै उनले भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्ने बताए ।मन्त्री महतले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्ने भन्दै अब कर्मचारीको कामका आधारमा मूल्यांकन हुने बताए ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च