कैलाली विशेष
गहतराजद्धारा स्वर्गिय आमा राममायाको सम्झनामा अक्षयकोषको स्थापना

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका -१४का कृष्ण गहतराजले आफ्नी आमाको स्मृतिमा अक्षयकोषको स्थापना गरेका छन् । स्वर्गिय आमा राममाया सुनारको वार्षिक पुण्यतिथिको अवसरमा अक्षयकोषको स्थापना गरेका हुन् ।
गहतराजले आफु अध्ययन गरेको विद्यालय धनगढी-१४ स्थित फूलवारीमा रहेको जन जागृति माध्यमिक विद्यालयमा एक लाख एक हजार एकसय एघार रकमको अक्षयकोषको स्थापना गरेका हुन् । उनले सो रकम एक कार्यक्रमका बिच बिहिवार बिद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका छन् ।सो अक्षयकोषको रकम हस्तान्तन्तरण कार्याक्रममा धनगढी -१४ का वडा अध्यक्षमान बहादुर बिष्ट प्रमुख आतिथि रहेका थिए ।
जन्मदिने आमाप्रतिको उच्च सम्मान स्वरुप यो कोषको स्थापना गरेको गहतराजले बताए । अक्षयकोषको वार्षिक व्याजबाट एक जना दलित र एक जना अपाङ्गता भएका विद्यार्थीलाई प्रत्येक वर्ष पढाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने गहतराजको भनाई छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्