धनगढी । धनगढीमा क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा पुस १४ गतेदेखी स्टेपिङ स्टोन जुनियर कप क्रिकेट प्रतियोगिता हुने भएको हो ।
बिहीबार धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको क्रिकेट मैदानमा पुष १४ गते देखी २१ गते सम्म सञ्चालन हुने जनाएको छ ।
प्रतियोगितामा सहभागी विद्यालयले कक्षा ८ भन्दा माथिका विद्यार्थि राख्न नपाउने धनगढी क्रिकेट एकेडेमिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने धनगढी क्रिकेट एकेडेमीका निर्देशक समुयल न्यौपानेले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित क्रिकेट एकेडेमीमा निशुल्क भर्ना र ४ महिनाको छात्रवृत्ति पाउने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट बलरले नगद १ हजार सहित क्रिकेट एकेडेमीमा निशुल्क भर्ना र २ महिनाको छात्रवृत्ति पाउने छन् भने उदयमान खेलाडीले क्रिकेट एकेडेमीमा निशुल्क भर्ना एवं ट्रफि, मेडल र प्रमाणपत्र पाउने धनगढी क्रिकेट एकेडेमीका निर्देशक न्यौपानेले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्