सुदूरपश्चिम सरकारकै कारण पछाडी परेको हो : उद्योगपति चौधरी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदूरपश्चिम सरकारकै कारण पछाडी परेको हो : उद्योगपति चौधरी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-१०
  • सुन्नुहोस् 
855   
सुदूरपश्चिम सरकारकै कारण पछाडी परेको हो : उद्योगपति चौधरी

धनगढी । कांग्रेस नेता एवं उद्योगपति विनोद चौधरीले सुदूरपश्चिम प्रदेश सरकारकै कारण पछाडी परेको बताएका छन् । लगानीका लागि उर्वर मानिए पनि सरकारकै कारण पछाडि पारिएको बताएका हुन् ।

उनले लगानी सम्मेलनबाट लगानी आकर्षित हुने गरी प्रष्ट दृष्टिकोण र नीति ल्याउन सरकारलाई आग्रह गरे । बाहिरी मुलुकको पनि अध्ययन गरेर एउटा स्पष्ट नीति बनाउन प्रदेश सरकारसँग उनको आग्रह छ। चौधरीले जडिबुटी, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा ध्यान दिन समेत सुझाब दिए । आफ्नो पनि रोजाईमा सुदूरपश्चिम प्रदेश रहेकाले त्यसका लागि सरकारको नीति पर्खिरहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले उद्योगपति चौधरीसँग गरिएको छलफलका क्रममा उनले लगानी आकर्षित हुने गरी प्रष्ट दृष्टिकोण र नीतिमा जोड दिएका हुन् । लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाहीलगायतको टोलीले हिजो काठमाडौंमा उद्योगपति चौधरीसँग छलफल गरेको थियो ।

मुख्ममन्त्री शाहले लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा लगानीका लागि चौधरीलाई आग्रह गरेका छन् । उनले लगानीका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । मुख्यमन्त्री शाहले संघीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश सरकारलाई काम गर्न केही कठिनाई भएपनि प्रदेश सरकारका तर्फबाट उद्योगी व्यापारीलाई लगानी गर्न कुनै अफ्ठ्यारो नपार्ने बताए। 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार