धनगढी।सुदूरपश्चिमका सर्बाधिक रक्तदाता पत्रकार दीपक उपाध्यायलाई एक सय तीन पटक रक्तदान गरे वाफत शुक्रवार धनगढीमा सम्मान गरिएको छ ।उनलाई शुक्रबार ‘एनआरएनए छैटौं फारवेस्ट पशुपति कप’ उदघाटन समारोहमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले सम्मान गरेका हुन्।
‘रक्तदान जीवनदान भन्ने मुलमन्त्रबाट अभिप्रेरित भई मानव जीवन रक्षाका लागि स्वतःस्फूर्त रूपमा हालसम्म १०३ पटक रक्तदान गर्नुका साथै रक्तदानको विषयलाई सामाजिकीकरण एवं जागरण गराउने कार्यमा योगदान’ पुर्याएका कारण सह–सम्पादक नेपाललाई सम्मान गरिएको हो।
उनको अतुलनीय योगदानको उच्च मूल्यांकन गरी आगामी दिनमा समेत निरन्तर सहयोग प्राप्त हुने अपेक्षा आयोजक संस्थाले लिएको सम्मान पत्रमा उल्लेख छ।
तपाइको प्रतिक्रिया दिनुहोस्