धनगढी । कलाकार बिष्णु ऐडी को वियोगान्त “ स्वर्ग भेट होला की“ गित को भिडियो सार्बजनिक गरिएको छ । शुक्रबार धनगढीमा एक कार्यक्रम को आयोजना गरि भिडियो सार्बजनिक गरिएको हो ।
बरिस्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले भिडियो प्ले गरेर सार्बजनिक गरेका हुन् । ऐडीले आफ्नी स्वर्गीय धर्म पत्नी उज्वला देबी ऐडीको सम्झनामा गित निर्माण गरेका हुन ।
उज्वलाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । सुदुर धमाका युटुब च्यानल बाट उक्त भिडियो सार्बजनिक भएको छ । भिम थापा नायक ले सृजना गरेको उक्त गितको भिडियो निर्देशन भिम थापाले गरेका हुन ।
गितमा प्रकाश थापा र गौरी भट्ट ले स्वर दिएका छन् । गित मा अभिनय रोजी कुँवर र बिष्णु ऐडीले गरेका छन् । ऐडी नेपाली काँग्रेस बझाङका युबा नेता तथा तरुण दलका केन्द्रिय सदस्य समेत हुन ।
तपाइको प्रतिक्रिया दिनुहोस्