सुदूरपश्चिम
कैलालीका जग्गा ब्यवसायी नगर प्रमुखको निर्णय प्रति असन्तुष्टि,वडा कार्यालयमा तालाबन्दीको चेतावनी

धनगढी । धनगढीमा कैलाली जग्गा ब्यवसायी संघ असन्तुष्ट भएका छन् । नगरपालिकाले मंसिर २४ गते गरेको कित्ताकाट सम्बन्धी निर्णयको घोर आपत्ति जनाएका छन। अनीहरुले शुक्रवार पत्रकार सम्मेलन गर्दै जग्गा ब्यवसायी संघ संघर्ष समितिका अध्यक्ष उमेश गीरीले भने “ जग्गा ऐनमै नभएको र मूल कानून र स्थानीय कानून बाझिने गरी एकलौटी रुपमा कसैसँग सल्लाह नै नगरी जग्गा व्यवसायीलाई दुख दिने निर्णय गरेकोले आफुहरु असन्तुष्ट रहेको बताए।
“ उपमहानगरपालिकाले यो निर्णय तत्काल फिर्ता गर्नुपर्ने हुन्छ नगरेमा धनगढी उपमहानगरपालिकाका वडा कार्यालयबाट हामी दबाब दिने र हाम्रो माग पुरा नभए तालाबन्दी लगाउन पनि पछि नपर्ने जग्गा ब्यवसायी संघ कैलालीका अध्यक्ष उपेन्द्र अवस्थीले बताए । उपमहानगरपालिकाले गरेको यस निर्णयमा हाम्रो घोेर आपत्ति रहेको र हाम्रो छिट्टै सर्वोच्चमा मुद्दा हाल्ने तयारी रहेको जग्गा व्यवसायी संघका अध्यक्ष अवस्थीले वताए।
तपाइको प्रतिक्रिया दिनुहोस्