हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदूरपश्चिम महोत्सवको तयारी पुरा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-२२
  • सुन्नुहोस् 
843  
Banner

धनगढी । कैलालीको धनगढीमा भोलीदेखि सुदूरपश्चिम महोत्सव–२०८० शुरु हुँदैछ । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बिहीबार कैलाली उद्योग बाणिज्य संघले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कैलाली उद्योग बाणिज्य संघको आयोजनामा २०६३ सालदेखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुँदै आएको छ ।हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सव यस वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समुद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।‘प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि विहान धनगढी पुग्ने छन्’ उनले भने ।सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिको उद्देश्यसहित सञ्चालन हुँदै आएको महोत्सवमार्फत सरकारसमक्ष विकासका विभिन्न माग प्रस्तुत हुँदै आएको छ ।

पहिलो पटक २०६३ सालमा सुदूरपश्चिमको विकासका सवाल समेटेर २१ बँुदे माग सहित महोत्सवका प्रमुख अतिथिलाई २१ किलो फूलको माला लगाइएको थियो । यस पटक १० वटा मागको प्रतिकका रूपमा प्रमुख अतिथीलाई १० किलोको माला लगाइने अध्यक्ष कुँवरले बताए । उनले कलाकारको प्रस्तुती, खानपान, रमाइलो मेला, बालउद्यान, कृषि उपज प्रर्दशनी मुख्य आर्कषण रहेको महोत्सवमा चार सय स्टल रहेको बताए ।


महोत्सव सञ्चालनमा करिब तीन करोडको लगानीमा सम्पन्न हुने महोत्सवमा करिव १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । आयोजक संघले महोत्सवमा छ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।

महोत्सवमा बिक्री हुने टीकटको केही रकम दैवी प्रकोप आकस्मिक कोषका लागि दिइने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । बिक्री हुने प्रति एक टीकटको एक रुपैया दैवी प्रकोप आकस्मिक कोषका लागि प्रदान गरिने संघका अध्यक्ष कुँवरले बताए ।

‘हामीले दिने रकम धेरै नहोला तर सहयोग अभियान हो । यस्तै अभियानले विगतमा यस क्षेत्रमा थुपै्र काम भएका छन’ अध्यक्ष कुँवरले भने । वर्षेनी दैवी प्रकोपमा करौडो रुपैयाँ बराबरको क्षती हुने गरेको र हजारौं व्यक्ति पीडित हुने गरेकोले सरकारले पीडितको राहतका लागि वितरण गर्दै आएको कोषमा रकम अभाव हुन नदिन सहयोग गरिने उनले बताए ।कैलाली उद्योग वाणिज्य संघले धनगढी विमानस्थलको कालोपत्रे कामलाई अघि बढाउन महोत्सवबाटै एक रुपैयाँ अभियान शुरु गरेको थियो । धनगढीमा रकम अभावले अधुरा रहेका आयोजना, योजना, पुर्वाधारमा थोरै पनि रकमले केही राहत पुगोस भनेर महोत्सवबाटै एक रुपैया अभियान गरिदै आएको छ ।यसको प्रभावले धनगढीका केही समस्याहरु समाधान भएको पनि पाईएको अध्यक्ष कुँवरले बताए ।

महोत्सवमा थारु संग्राहालय

हरेक वर्ष महोत्सवलाई प्रभावकारी बनाउन विशेष आकर्षणका गतिविधि हुने गर्दछन् । यस वर्ष महोत्सवमा थारु संग्राहालय मुख्य आकर्षकका रुपमा बनाइएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा चौधरी र राना समुदायको संस्कृति, रहनसहन तथा खानपानको संरक्षणका लागि संग्राहालय सहितको अलग गाउँ निर्माण गरिएको संघका अध्यक्ष पुष्प कुँवरले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्