अर्थ/बजार
१ खर्ब ४३ अर्बमा किनेको एनसेलको ८० प्रतिशत सेयर ६ अर्ब ६५ करोडमा बिक्री

काठमाडौँ । मलेसियन कम्पनी आजिएटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत सेयर ६ अर्बमा बिक्री भएको छ । शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आफ्नो ८० प्रतिशत शेयर खरिद गरेको आजिएटाले जनाएको छ ।
स्पेक्ट्रलाइटका सञ्चालक सतीशलाल आचार्य हुन् । एनसेलमा हाल २० प्रतिशत शेयर स्वामित्व भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारको लगानी छ ।यसै साता, बुधबार मात्रै आजिएटाले नेपालमा व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले नेपालबाट बाहिरिने निर्णय गरेको घोषणा गरेको थियो । आजिएटाले कुल ५ करोड अमेरिकी डलर ९६ अर्ब ६५ करोड रुपैयाँ० मा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्त्तानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ ।
दूरसञ्चार क्षेत्रका जानकारहरूले एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् । १६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो । आजिएटा भने सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यो बेला १ अर्ब ३६ करोड अमेरिकी डलर ९त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ० मा एनसेलको शेयर आजिएटाले किनेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्