हामि संग जोडिनुहोस

समाचार

प्रधानमन्त्री ओलीद्धारा धनगढी सभाहलको उद्घाटन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-११-२६
  • सुन्नुहोस् 
30  
Banner

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा निर्मित धनगढी सभाहलको पनि उद्घाटन गरेका छन् । शहरी विकास मन्त्रालयको लागतमा धनगढी उपमहानगर वडा नम्बर ८ मा निर्माण गरिएको सभाहलको एक समारोहबीच प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।

सभाहल उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश विकासको बाटोमा अघि बढिरहेको बताए । उनले धनगढी सभाहल पनि विकासकै प्रमाण रहेको बताए । उनले भने – ‘यसको अधिकतम उपयोग गर्नुस् ’ व्यवस्था परिबर्तन भयो अवस्था परिबर्तन भएन भन्ने मान्छे छन् तर त्यो गलत रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने– ‘सुदूरपश्चिममा धेरै विकास भएको छ, अझै विकासको क्रममा छ । देश विकास हुन्छ, हामी गर्छौ सबै नेपाली मिलेर ।’

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेको सभा गृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण समेत गरिएको छ । प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।

सङ्घीय सरकारले ३२ करोड २५ लाख ९७ हजारको लागतमा सभा गृह निर्माण गरेको हो । सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो। निर्माण कम्पनीले २०७९ असार २४ गते ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो ।

सभा गृह (सिटी हल) बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो । धनगढी उपमहानगरपालिका–८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माण गरिएको छ । सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ । दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ । सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्राकिङ्ग गर्न सकिने छन् । विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ। सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको हो ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार