हामि संग जोडिनुहोस

समाचार

नोबेल एकेडेमीको वार्षिकोत्सव ,समाजमा अग्रणी भूमिका खेल्नेलाई सम्मान

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-११-२७
  • सुन्नुहोस् 
744  
Banner

धनगढी ।  कैलालीको १४ फूलवारीमा रहेको नोवेल एकेडेमीको ९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सोमबार पूर्व शिक्षा राज्यमन्त्री लिला भण्डारीको प्रमुख आतिथ्यतामा विभिन्न साँस्कृतिक कार्यक्रम,सम्मान कार्यक्रम,पुरस्कार वितरण तथा दिक्षा समारोह गरि बार्षिकोत्सव सम्पन्न भएको हो । 

 पछिल्लो समयमा शैक्षिक क्षेत्रमा क्रियाशिल एकेडेमीको बार्षिकोत्सव कार्यक्रममा अभिभावकको भव्य उपस्थीति रहेको थियो । कार्यक्रममा सामाजका विभिन्न क्षेत्रमा  रहेर अग्रणी भूमिका खेल्ने वभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवमा पूर्व प्रदेश सभा सदस्य तथा राज्यमन्त्री शुशीला बुढाथोकीलाई सम्मान गरिएको थियो । त्यसैगरी महिला शशत्तिकरण र आर्थिक समृद्धिमा टेवा पुगाएकोे भन्दै भावना पुलामी मगर,खो–खो खेलमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै खो–खो खेलाडी बर्षा पण्डित ,विज्ञान प्रविधिको क्षेत्रमा योगदान पुर्याएको भन्दै युवा वैज्ञानिक प्रकाश गैरे,पत्रकारीता मार्फत समाजमा योगदान पुर्याएको भन्दै पत्रकार कृतबहादुर  बिष्ट, वन तथा बातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्याएको भन्दै यादव भण्डारी,खेलकुद क्षेत्रमा योगदान पुर्याएको भन्दै महेश गोले , सफल उद्यमी बिष्णु जैसी, थारु संस्कृति तिहुवार मञ्चका अध्यक्ष पर्वत चौधरी र जगन नारायण चौधरीलाई सम्मान गरिएको थियो । 


त्यसैगरी, दिक्षान्त समारोहमा मोंटेश्वरी स्तर अर्थात् पूर्व(प्राथमिक तह उत्तीर्ण गरी प्राथमिक तहमा प्रवेश गरेका ४१ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै दिक्षीत गरिएको थियो। कार्यक्रमकी प्रमुख अतिथी भण्डारीले विद्यार्थी र अभिभावकलाई प्रमाणपत्र प्रदान गर्दै दिक्षान्त समारोह सम्पन्न भएको थियो । मोन्टेश्वरी विधि मार्फत् अध्यापन गराइने एकेडेमीले हरेक बर्ष युकेजी उर्तिण गरि कक्षा १ मा प्रवेश गरेका विद्यार्थीलाई दिक्षान्त समारोह आयोजना गरि दिक्षीत गर्ने गरेको छ । 

त्यसैरि वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले निकै उत्कृष्ट गित तथा नृत्य प्रदर्शन गरेका थिए । अभिभावकको ठूलो सहभागिता रहेको बार्षिकोत्सव कार्यक्रमलाई विभिन्न चरणमा विद्यार्थीहरुले संचालन गरेका थिए । बार्षिकोत्सव कार्यक्रमको अवसरमा विद्यालयमा गठन गरिएका विभिन्न क्लवहरुले आप्नो बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।


 प्रमुख अतिथि रहेकी पूर्व शिक्षा राज्यमन्त्री  भण्डारी , प्रदेशसभा सदस्य रक्षा महरा र पूर्व सुदूरपश्चिम प्रदेश सरकारकी राज्यमन्त्री शुशिला बुढाथोकी लगायतले फूलवारी क्षेत्रमा एकेडेमीले शैक्षिक गुणस्तरमा   खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।  बिद्यालयका संरक्षक रतनबिक्रम लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । बिद्यालयकी प्रन्सिपल सुश्मा प्रसाईले अतिथि र  शिक्षकहरुलाई मायाको चिनो प्रदान गरेकी थिईन् । 



तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार