अब ट्राफिक नियम उल्लंघन गरे बैंकमार्फत जरिवाना तिर्नुपर्ने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

अब ट्राफिक नियम उल्लंघन गरे बैंकमार्फत जरिवाना तिर्नुपर्ने

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-८
  • सुन्नुहोस् 
1.11K   
अब ट्राफिक नियम उल्लंघन गरे बैंकमार्फत जरिवाना तिर्नुपर्ने : Phulbari Khabar

धनगढी । सुदूरपश्चिममा ट्राफिक नियम उल्लंघन गरेबाफतको जरिवाना रकम बैंकमार्फत असुली गर्न थालिएको छ।राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले सुदुरपश्चिम प्रदेशका तीन जिल्लाहरुमा श्रावण १ गतेदेखि ट्राफिक जरिवानाबाफतको रकम बैंकमार्फत भुक्तानी असुली गर्न थालेको हो। 

Phulbari Khabar

पहिलो चरणमा साउन १ गतेबाट डोटी, कैलाली र कञ्चनपुर जिल्लामा ट्राफिक जरिवाना वाफतको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने नियम लागू गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्र कुमार पालले बताए।

डिएसपी पालका अनुसार यो व्यवस्था ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिनेछ। त्यो अवधिमा नजिकको बैंकमार्फत जरिवाना भुक्तानी गरिएको भौचर देखाए मात्रै कागजात फिर्ता दिइने छ।

Phulbari Khabar

२४ घण्टामा भुक्तानी नभएमा प्रदेशको कुनै पनि स्थानमा सवारी नियन्त्रणमा लिएर जरिवाना भुक्तानी भएपछि मात्र कागजपत्र फिर्ता दिएर आवागमनको अनुमति दिने ट्राफिक प्रहरीले जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च